८ कार्तिक २०७८, सोमवार

संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्छ : नेता सिटौला

२०७८,आश्विन,३,आईतवार २१:४८


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका छन् ।

सातौँ संविधान दिवसका अवसरमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आज रत्नपार्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान राष्ट्रिय एकताको दस्तावेज भएकाले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका हुन् ।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले संविधानको व्यवस्थामार्फत देशलाई वृहत्तर ढङ्गले अगाडि बढाउनुपर्ने बताए । उनले बलियो राष्ट्र निर्माण गर्न सबै दलहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । सबैले देश र जनतालाई बलियो बनाउनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेता सिटौलाले संसद्, कार्यपालिका, न्यायपालिका र तीनै तहको सरकार एवं कर्मचारीलाई संविधान दिवसको शुभकामना दिए । कार्यक्रममा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले संविधानमार्फत राजनैतिक मुद्दा सकिएको जनाउँदै अब मुलुकमा आर्थिक विकास गर्नुपर्ने बताए । सो अवसरमा नेपाली कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७८,आश्विन,३,आईतवार २१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

काठमाडौं । दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) डिस्चार्ज भएका छन्

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४