वेस्ट ह्याममाथि म्यान्चेस्टर युनाइटेडको रोमाञ्चक जित

लोकपथ संवाददाता
1.2k
Shares
LONDON, ENGLAND – SEPTEMBER 19: Cristiano Ronaldo of Manchester United shoots at goal during the Premier League match between West Ham United and Manchester United at London Stadium on September 19, 2021 in London, England. (Photo by Justin Setterfield/Getty Images)

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत आईतवार खेलिएको खेलमा दावेदार टोली म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ।

वेस्ट ह्यामको घरेलु मैदान लन्डन स्टेडियममा खेलिएको खेलमा वेस्ट ह्यामले पहिलो हाफको ३०औं मिनेटमा अग्रता लिएको थियो। घरेलु टोलीका लागि फरवार्ड खेलाडी साइड बेनराहमाले गोल गरेका थिए।

West Ham 1-2 Manchester United summary: score, goals, highlights, Premier  League 2021/22 - AS.com

त्यसको ५ मिनेट पछि नै म्यान्चेस्टर युनाइटेड खेलमा फर्कियो। युनाइटेडका लागि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको ३५औं मिनेटमा बराबरी गोल गरेका थिए।

पहिलो हाफ बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि निकै नै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। तर खेलको ८९औं मिनेटमा म्यान्चेस्टर युनाइटेडले अग्रता लिन सफल भयो।

REPORT: West Ham 1-2 Manchester United - Truth Daily

म्यान्चेस्टर युनाइटेडका लागि मिडफिल्डर जेसी लिनगार्डले शानदार गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर निर्धारित ९० मिनेटको खेल पछिको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टी प्राप्त गर्यो।

वेस्ट ह्यामका भेट्रान खेलाडी मार्क नोबलले प्राहर गरेको सो पेनाल्टीलाई युनाइटेडका गोलरक्षक डाभिड डेहेयाले उत्कृष्ट बचाउ गरेपछि नतिजा म्यान्चेस्टर युनाइटेडको पक्षमा गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?