८ कार्तिक २०७८, सोमवार

धुमधामसँग मनाइयो इन्द्रजात्रा(तस्बिरहरू)

२०७८,आश्विन,३,आईतवार २१:३७


काठमाडौं । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो ।

इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । जात्रामा लाखेनाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायतका सांस्कृतिक झाँकी नाचहरुको प्रदर्शन गरिएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति (कार्तिकेय) कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिएपछि मात्रै रथयात्राको शुभारम्भ गरिएको थियो ।

आजको दिन विशेष देवताका राजा इन्द्रको पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा सुरु गरेको बताइन्छ ।

इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ । यो काठमाडौं उपत्यकामा मनाइनेमध्येको लामो जात्रा हो ।

हेर्नुहोस् तस्बिरहरु :

 

प्रकाशित मिति: २०७८,आश्विन,३,आईतवार २१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा

कृष्ण अधिकारी- काठमाडौं । कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका

काठमाडौं । सल्यानमा जीप दुर्घटना भएको छ । सल्यानबाट दाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९