हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
156
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार १३ परीक्षणमा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४१३ जना संक्रमणमुक्त १२ जनाको मृत्यु

२. संविधान कार्यान्वयनका लागि सरकारले इमान्दारीपूर्वक काम गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्ने स्पष्टोक्ति

३. संविधान निर्माण भएको आज ६ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी देशैभर उत्सव मनाइँदै, ६ वर्ष बितिसक्दा पनि संविधान सर्वस्वीकार्य बन्न सकेन

४. नेपालको संविधान सर्वस्वीकार्य भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, लाभको लागि संविधानको शपथ खाएर मतभेद कायम छ भन्ने नक्कली कुरा रहेको टीप्पणी

५. ओलीलाई जनताले सजाय दिने एकीकृत समाजवादीका अध्यक्ष नेपालको दाबी, संविधानमाथि पटक–पटक आक्रमण गरेकाले जनता चुप लागेर नबस्ने स्पस्टोक्ति

६. एमालेले सुरु ग¥यो पार्टीको राष्ट्रिय विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा दस्ताबेजमाथि छलफल, भोलि स्थायी कमिटी बैठकमा सदस्यहरूले सुझाव प्रस्तुत गर्ने

७. नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार शर्माले सार्वजनिक गरे २४ अवधारणा, राष्ट्रपतिमा एक पटक र दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्थाको प्रस्ताव

८. संविधानबाट धर्मनिरपेक्षता, समावेशिता कुनै हालतमा नहट्ने एमालेका उपनेता नेम्वाङको भनाइ, केही राजनीतिक दलले संविधानका ती प्रावधान हटाउने विषयमा छलफल गरे पनि व्यवहारमा सम्भव नभएको दाबी

९. पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले गरे सरकारबाट विभूषण नलिने घोषणा, पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकोले विभूषण लिन अस्वीकार

१०. स्क्रब टाइफसका बिरामी बढ्दै, कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएकाले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गर्न स्वास्थ्य मन्त्रालयले ग¥यो अनुरोध

११. बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने

१२. अफगानिस्तानमा छुट्टाछुट्टै ४ स्थानमा बम विस्फोट, ७ जना मृत्यु भएको छ भने ३० जना घाइते, अनुसन्धान गर्दै तालिबान

१३. भारतमा पछिल्लो २४ घण्टामा थपिए ३० हजार ७ सय ७३ जना कोरोनाका नयाँ संक्रमित, ८० करोड ४३ लाख ७२ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

१४. किरण चेम्जोङ ज्ञानेन्द्र मल्ल र आयशा शाक्य प्रबल जनसेवाश्रीबाट विभूषित, सरकारको यो सम्मानको लामो समयदेखि आफू पर्खाइमा रहेको शाक्यको भनाइ

१५. खेलाडीलाई कोरोना देखिएपछि स्थगित भएको आईपीएल आजबाट सुरु, चेन्नई सुपर किंग्स र मुंबई इण्डियन्स भिड्दै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?