रेडपाण्डाका छालासहित एक युवक पक्राउ

लोकपथ
117
Shares

जाजरकोट । प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका – ५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका – ५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?