लागुऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

लोकपथ
208
Shares

कञ्चनपुर । भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट पक्राउ गरेको छ । गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका – ४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ । बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?