संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्छ : मन्त्री कार्की

लोकपथ
104
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताएका छन् ।

आइतवार संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै संविधानलाई समयानुकुल परिमार्जन गर्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिको निम्ति अग्रसर हुनुपर्ने बताएका हुन् ।

उनले आगामी पुस्तालाई समृद्धिको यात्रामा अघि बढाउनको निम्ति सबैको इमान्दार प्रयत्न हुनुपर्ने बताए । उनले भने,‘संविधान गतिशिल, जिवन्त दस्तावेज हो । यसमा समयानुकुल परिवर्तनहरु हुँदै जान्छन् । र नेपाली जनताका भावना, आकांक्षाहरुलाई संविधानमा परिलक्षित गर्दै यो संविधानलाई समयानुकुल परिवर्तन गरेर अब स्थिरता र आर्थिक समृद्धिका निमित्त हामी अग्रसर हुनु आजको हाम्रो दायित्व र कर्तव्य पनि हो ।’

मन्त्री कार्कीले संसदमा गतिरोध उत्पन्न भएका कारण सरकारले महत्वपूर्ण अध्यादेशहरु जारी गर्न नसकेको बताए । उनले आगामी दिनमा संसदको गतिरोध अन्त्य गरेर नयाँ कानूनहरु निर्माण गर्ने दिशामा संसद अग्रसर हुने विश्वास पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?