२१ मङ्सिर २०७८, मंगलवार

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा.गोविन्द केसी अमेरिका पुगे

२०७८,आश्विन,३,आईतवार १९:५९

270
Shares

काठमाडौं । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् ।

२१, सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्–‘यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु । प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड १९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाई संग पालन गर्नेछौं ।’

२० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् ।

प्रकाशित मिति: २०७८,आश्विन,३,आईतवार १९:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकारमा नेपाली मूलका ज्ञानेन्द्र उप्रेती नियुक्त भएका छन् । भिक्टोरियन बहुसांस्कृतिक आयोगले आफ्नो कामलाई ब्यबस्थित गर्नका

नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२