रेड पाण्डाको छालासहित युवक पक्राउ

लोकपथ
91
Shares

जाजरकोट । प्रतिबन्धित हाब्रे (रेड पाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?