सधैँ पैदल हिँड्ने गर्नुहोस् यस्ता छन् फाइदाहरू

लोकपथ
2.5k
Shares

डा. हेमराज कोइराला I

लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू केलाउँदै जाने हो भने उनीहरू लामो उमेरसम्म बाँच्नुको मुख्य कारण पैदल यात्रालाई नै दिने गर्छन् । जापानका केन तनका जसले लामो उमेर बाँचेका थिए उनले आफ्नो दीर्घ जीवनको रहस्य शारीरिक सक्रियतालाई नै माने ।

आफूलाई शारीरिक रूपमा सक्रिय बनाउन तनका दैनिक पैदलै हिँड्ने गर्थे । शारीरिक सक्रियताको सबैभन्दा सरल र सहज प्रकारको विधि पैदल हिँड्ने भएकोले यो विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् ।

वास्तवमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्छ । शारीरिक तन्दुरूस्तीका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाइदा हुने भएकाले आज संसारका धेरै स्थानहरूमा हिँड्नकै लागि पार्कहरूको निर्माण भएको छ ।

यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्नका लागि अति नै सहज मानिने यो व्यायाम नियमित गर्नाले निम्न लाभहरू पाउन सकिन्छ ।

१. तौल कम गर्दछ।

२. फोक्सोको कार्यक्षमतालाई बढाउँछ।

३. प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँछ।

४. चाँडै बुढ्यौली हुनबाट बचाउँछ।

५. क्यान्सर रोकथाममा मदत गर्छ ।

६. मधुमेहको समस्यालाई नियन्त्रण गर्छ ।

७. मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।

८. खाना पचाउनमा सहयोग पुर्‍याउँछ।

९. रक्तचाप नियन्त्रण गर्न मदत गर्छ ।

१०. मस्तिष्कलाई ताजगी महसुस गराउँछ।

११. दीर्घ रोगहरूलाई जित्न मदत गर्छ ।

१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँछ।

१३. तनाव कम गर्छ ।

१४. शारीरिक रूपमा असक्षमता भएकाहरूलाई राम्रो फाइदा पुर्‍याउँदछ।

१५. भेरीकोज भेनको समस्या हुन दिँदैन।

१६. बिर्सने समस्या चाँडै आउन दिँदैन।

१७. खराब, एलडीएल कोलेस्ट्रोल कम गर्न मदत गर्छ ।

१८. राम्रो, एचडीएल कोलेस्ट्रोल बढाउन सहयोग गर्छ ।

१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।

२०. ऊर्जावान् बनाउँछ।

२१. दीर्घजीवी बनाउँछ।

२२. रचनात्मक बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?