नेपालको उत्कृष्ट बलिङमा ओमान १२१ रनमै अलआउट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी नेपाल र ओमानबीचको खेलमा आयोजक राष्ट्र ओमानले नेपाललाई १२२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालको अन्तिम अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले बलियो टोली ओमानलाई १२१ रनमा अलआउट गर्न सफल भएको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दा ओमान १२१ रनको साधारण योगफलमै समेटिएको हो।

May be an image of one or more people, people playing sport and people standing

नेपालका लागि तिब्र गतिका बलर करन केसी तथा स्टार स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४-४ विकेट लिएका थिए। त्यस्तै यस सिरिजमा पहिलो खेल खेलिरहेका शरद भेसवाकरले पनि खेलमा २ महत्वपूर्ण विकेट लिन सफल भएका थिए।

ओमानका लागि कप्तान जिशन मकसुदले सर्वाधिक ४१ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै पविलियन फर्केका थिए। नेपालले अबको केही बेरमा आफ्नो ब्याटिङ सुरु गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?