बलात्कारको उजुरी दिने भन्दै ५० लाख रुपैयाँ माग, तीन महिला पक्राउ

लोकपथ
468
Shares

दाङ । दाङमा प्रहरीले आपराधिक लाभको कसुरमा तीन महिलालाई पक्राउ गरेको छ ।

रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेकी छन् । तीनै जनालाई पक्राउ गरी आज आइतवार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा÷कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँको एक थान चेक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?