१२ आश्विन २०८०, शुक्रवार

निर्माण व्यवसायी हत्या प्रकरणमा गृहमन्त्रीको आयो यस्तो प्रतिक्रिया

२०७४,आश्विन,२३,सोमवार ११:५२

0
Shares

काठमाडौँ, २३ असोज । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरणले निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यामा संलग्नलाई छिट्टै पक्राउ गरिने बताएका छन् । उनले अभियुक्त नजिकसम्म प्रहरी पुगेको भन्दै चाँडै पक्राउ गरिने बताए । ‘यो घटना गम्भीर छ । प्रतिष्ठित निर्माण व्यवसायीमाथि गोली प्रहार भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, शर्माले भने ।गृहमन्त्रीले सम्बन्धित नाकाहरु सिल गरेर अभियुक्तलाई उम्किन नदिन मन्त्रालयले आवश्यक निर्देशन दिइसकेको भन्दै अभियुक्त चाँडै पक्राउ पर्ने बताए ।‘नाकाहरु सिल गरे ‘नाकाहरु सिल गरे अभियुक्तलाई पक्राउ गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ’, शर्माले भने, ‘ अहिलेसम्म कसले हत्या गरेको भन्ने केहि हदसम्म पत्ता लागिसकेको छ।’गृहमन्त्रीले योजनाबद्ध तरिकाले निर्माण व्यवसायीमाथि गोली हानेको देखिएको भन्दै थप कुरा अध्ययन पछि बाहिर ल्याउने बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा रहेका २२ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७