विश्वप्रकाशको प्रस्ताव : ‘एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्रीको व्यवस्था गरौँ’ (पूर्णपाठ)

लोकपथ
143
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति र दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रावधानको व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार गृहनगर झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षकको अवधारणा प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

आगामी महाधिवेशनका लागि कांग्रेसको महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी शपथग्रहण गर्न नपाइने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेता शर्माले भिन्न दल, भिन्न दर्शन र भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत थाती राखेर ‘बिमत्तीकोबीच सहमती’ को दस्ताबेजको रुपमा आजको संविधान निर्माण भएको उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?