एमाले स्थायी कमिटी बैठक : के-के भयो निर्णय ?

लोकपथ
520
Shares

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल प्रारम्भ गरेको छ ।

आइतबार (आज) तुल्सीलाल प्रतिष्ठान च्यासलमा बसेको बैठकले असोज १५, १६ र १७ गते हुन गइरहेको पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा दस्तावेजहरुमाथि छलफल प्रारम्भ गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै एमाले सचिव योगेशकुमार भट्टराईले विभिन्न ३ वटा प्रस्तावहरु प्रस्तुत भएको समेत जानकारी दिए ।

बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको आगामी कार्यभार समेटिएको राजनीतिक प्रतिवेदन र संगठनात्मक संरचनासम्बन्धी प्रतिवेदन प्रस्तुत भएको नेता भट्टराईले जानकारी दिए ।

‘आजको बैठकमा विधान सम्बोधनसम्बन्धी प्रस्ताव, पार्टीको पछिल्लो राजनीतिक घटनाक्रम, कार्यदिशा र अनुसन्धान र मूल्यांकन साथै आगामी कार्यभार समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।’, उनले भने, ‘नवौँ राष्ट्रिय महाधिवेशनदेखि आजसम्म आइपुग्दा संगठनात्मक रुपमा प्राप्त गरेका उपलब्धीहरु, कमीकमजोरीहरु र हामीले प्राप्त शिक्षा र आगामी दिनमा हाम्रो पार्टी कमिटी पार्टी संगठन, जनवर्गीय संगठन लगायतका संगठनात्मक प्रस्तावहरुका विषयमा समेत छल फल भएको छ ।

तीनवटै प्रस्ताव स्थायी कमिटीका सदस्यहरु अमृत बोहरा, केशव बडाल, घनस्याम भुसाल लगायतले आ-आफ्नो सुझावहरु प्रस्तुत गरेका थिए ।

एमालेको अर्को बैठक भोली दिउँसो १ बजे सोही ठाउँमा बस्नेछ । भोलिको बैठकमा बाँकी स्थायी कमिटी सदस्यहरुले आ(आफ्नो धारणा राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?