नेपालमा कोरोना : थप ७३४ जनामा संक्रमण पुष्टि, कति भए निको ? (विवरणसहित)

लोकपथ
377
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै २४ घण्टाको अवधिमा देशभर १ हजार ४१३ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ। देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?