‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’

लोकपथ
35
Shares
sf7df8f}F, # c;f]hM ;+ljwfg lbj; ;df/f]xdf k|d b]pjf k|wfgdGqL z]/axfb’/ b]pjf sf7df8f}Fsf] 6F’l8v]ndf cfOtaf/ cfof]lht ;+ljwfg lbj; ljz]if ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सरकारले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सातौं सविधान दिवस समारोहमा आइतबार टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई समिक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अधिकार हस्तान्तरण गर्ने बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम संघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य हो । यस विषयमा निरन्तर इमान्दारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता तथा स्वतन्त्र प्रेसप्रति सरकारको प्रतिबद्धता निरन्तर रहने बताए । प्रधानमन्त्री देउवाले राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्‍नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?