खेलकुद महासंघको तारकेश्वर नगर कमिटी गठन

लोकपथ
507
Shares

काठमाडौं । नेकपा एमालेको खेलकुद सम्बद्ध जनसंगठन नेपाल खेलकुद महासंघको काठमाडौं जिल्ला तारकेश्वर नगर भेला सम्पन्न भएको छ। तारकेश्वर नगपालिका वडा नं-११ को कान्तिपुर ए वि पार्टी प्यालेसमा सम्पन्न भेलाले ६५ सदस्यीय नगर कमिटी घोषणा गरी सपथ ग्रहण समेत गराएको छ ।

भेलामा नेकपा एमाले बागमती प्रदेशका सचिवालय सदस्य श्याम घिमिरे , काठमाडौं जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ७ का संघीय सांसद रामवीर मानन्धर, तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोरा, उप प्रमुख भवानी डोटेल धिताल, नगर अध्यक्ष बासु गौतम समेतको उपस्थिति थियो ।

यस्तै, नेपाल खेलकुद महासंघका तर्फबाट उपाध्यक्ष निरेशलाल सिंह, केन्द्रीय सचिवालय सदस्य एवं उपत्यका सहसचिव विवेक घिमिरे, केन्द्रीय सदस्य अमृत थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय खेलाडीहरूले विभिन्न खेलहरूको प्रदर्शनी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?