ओमानविरुद्ध नेपाल: अन्ततः शरद सुरुवाती ११ मा, कुशल मल्ल बाहिरिए

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

आयोजक राष्ट्र ओमानको राजधानी मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले सुरुवाती ११ मा दुई खेलाडी परिवर्तन पनि गरेको छ।

Kushal Malla drives down the ground for a boundary during his record-breaking half-century, Nepal v Oman, ICC Cricket World Cup League Two tri-series, Kirtipur, February 8, 2020

नेपालले कुशल मल्ल र गुलशन झाको स्थानमा अनुभवी ब्याट्सम्यान शरद भेसवाकर र आरिफ शेखलाई स्थान दिएको छ। विश्वकप क्रिकेट लिग-२ को ओमान भ्रमणमा नेपालको आज अन्तिम खेल हो।

नेपालले यस अघि पहिलो खेलमा अमेरिकाविरुद्ध जित निकाले पश्चात् ओमान र अमेरिकासँग पराजयको नतिजा प्राप्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?