३१ आश्विन २०७८, आईतवार

भारतमा थप ३० हजार ७७३ नयाँ सङ्क्रमित

२०७८,आश्विन,३,आईतवार १५:४२


काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिबारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिबार एकै दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,३,आईतवार १५:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी धर्म प्रचारक र तीनका परिवारका सदस्यहरूलाई सशस्त्र गिरोहले हाइइटीको राजधानी पोर्ट(ओ(प्रिन्स नजिकै बन्धक बनाएका विवरण आएका छन्।

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ ।

काठमाडौं । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

काठमाडौं । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०