सरकारले अलंकार र पदकहरुको नाकमा कालो पोत्यो : ओली

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार र पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभूषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए ।

त्यस्तै ओलीले संविधान दिवसका दिन सहिदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?