अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट : कम्तीमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

लोकपथ
793
Shares

अफगानिस्तान । अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट भएको छ । पूर्वी सहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तीमा ७ जना मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान विस्फोट भएको बताइएको छ । यद्यपि, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?