सरकारलाई धन्यवाद दिँदै हरिबहादुर थापाले गरे सुप्रबल जनसेवाश्री अस्वीकारको घोषणा

लोकपथ
2k
Shares

काठमाडौं । पत्रकार हरिबहादुर थापाले यस वर्षको संविधान दिवसमा सरकारले प्रदान गर्न लागेको विभुषण अस्वीकार गरेका छन् ।

विगतका वर्षहरुमा पनि आफूलाई सोधिएकोमा अस्वीकार गरेको बताउँदै यस वर्ष आफूलाई नसोधि सुप्रबल जनसेवाश्री नलिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले सरकारले आफूलाई सम्झिएकोमा धन्यवाद दिँदै उक्त पदक अस्वीकार गरेको जानकारी गराएका छन् ।

‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद ।
विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ थापाले भनेका छन् ।

साथै थापाले नेपालमा प्रदान गरिने मानपदवी, अंहकार, पदकको विकृती र पदक पाउनेहरुको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाउँदै आइरहेको समेत बताए । सामाजिक सञ्जालमा लेख्दै थापाले पदकका विषयमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् ।

‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’ थापाले लेखेका छन् ।

यसवर्ष सरकारले विभिन्न विधामा ९ सय ३ जनालाई मानपदवीसहित विभुषण प्रदान गर्न लागेको छ । सोही क्रममा सुप्रबल नजसेवाश्रीको १२ नम्बरमा थापाको नाम रहेको छ ।

त्यस्तै पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्त रविन सायमीले समेत विभुषण अस्वीकार गरेका छन् । सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

सरकारले यस वर्ष विभिन्न क्षेत्रबाट योगदान पुर्याउने ९ सय ३ जनालाई सम्मान गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?