प्रचण्डपत्नी सीतालाई किन दिइँदै छ प्रसिद्ध प्रबल जनसेवाश्री ?

लोकपथ
5.7k
Shares

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत मानपदवीसहित सम्मान गर्दै छ ।

आइतबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने मानपदवी र विभूषण प्राप्त गर्नेमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल छिन् ।

सरकारले प्रचण्डपत्नी सीतालाई यस वर्षको प्रसिद्ध प्रबल जनसेवाश्री विभुषण प्रदान गर्ने निर्णय गरेको हो । राजनीतिक अभियान्ताको रुपमा सीतालाई सरकारले विभुषित गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रसिद्ध प्रबल जनसेवाश्रीबाट आज ३९ जना सम्मानित हुँदै छन् । जसमा सर्वोबहादुर थापा लगायत रहेका छन् ।

प्रत्येक वर्ष संविधान दिवसमा प्रदान गरिँदै आइएको मानपदवीमा राजनीतिक भागबन्डा भएको भन्दै त्यसको आलोचना हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?