८ कार्तिक २०७८, सोमवार

राज कुन्द्राले गरे जमानतको माग, भन्छन्- ‘मेरो संलग्नता प्रमाणित गर्न आरोपपत्रमा कुनै प्रमाण छैन’

२०७८,आश्विन,३,आईतवार ११:३१


काठमाडौं । पोर्नोग्राफी मुद्दामा फसेका अभियुक्त राज कुन्द्राले जमानतको माग गरेका छन्। उनले शनिबार अदालतमा जमानत निवेदन दायर गर्दै आफूलाई बलिको बकरा बनाइएको दाबी गरेका छन् ।

कुन्द्राले भनेका छन् -‘आपत्तिजनक फिल्म बनाउनमा मेरो प्रत्यक्ष संलग्नता प्रमाणित गर्नका लागी दायर गरिएको पूरक आरोपपत्रमा कुनै प्रमाण छैन। त्यसैले जमानत माग गरेको हुँ ।’

शिल्पा शेट्टी-राज कुंद्रा

राज कुन्द्रा जुलाई १९ मा प्रहरीले पक्राउ परेको थियो । क्राइम ब्रान्चले भर्खरै राज कुन्द्रा र तीन अन्यको विरुद्ध एक अश्लील फिल्म बनाएको र केही एपको सहयोगमा प्रसारण गरेको आरोपमा पूरक आरोपपत्र दायर गरेको छ ।

उनीहरुविरुद्ध भारतीय दण्ड संहिता र सूचना प्रविधि ऐनको विभिन्न धाराहरुअन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल राज कुन्द्रा न्यायिक हिरासतमा छन्। उनले आफ्नो वकिल प्रशान्त पाटिलमार्फत जमानत निवेदन दायर गरेका छन्।

 

प्रकाशित मिति: २०७८,आश्विन,३,आईतवार ११:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिन्दु धर्ममा धेरै व्रत र चाडहरु छन्, । फरक-फरक चाडपर्वको आफ्नै महत्व रहेका छन् । तर विवाहित महिलाहरुको

काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर शोबाट एलिमिनेट भएर बाहिर आएपछि उनी

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन सुरु भएसँगै दर्शकहरुले खुब मन पराएका

काठमाडौं । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान हाल लागुऔषध मुद्दामा आर्थर रोड जेलमा छन्। शाहरुख आर्यनलाई जेलबाट छुटाउन

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७