किरण र ज्ञानेन्द्र ‘प्रवल जनसेवा श्री’बाट विभुषित हुने

काठमाडौं। नेपाल सरकारले राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ।

नेपाल सरकारले संविधान दिवसको अवसरमा राष्ट्रिय टोलीका फुटबल तथा क्रिकेटका कप्तानलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गर्ने निर्णय गरेको छ। अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न दुवैजना खेलाडी अहिले विदेशी भूमिमा छन्।

प्रज्ज्वल फुयाल on Twitter: "Kiran CHEMJONG is the BEST Goal-keeper in  SOUTH ASIA! Probably, one of the best in Asia. #AsianQualifiers  #WorldCupQualifiers #WorldCup2022 #Nepal 🇳🇵🙏… https://t.co/YU53jpVP7d"

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोलीका कप्तान किरण अहिले कतारमा अभ्यासरत छन् भने ज्ञानेन्द्रले ओमानमा भइरहेको आईसीसी विह्वाकाप क्रिकेट लिग-२ मा नेपालको नेतृत्व गर्दै छन्।

त्यस्तै नेपाल सरकारले खेलकुद क्षेत्रमा योगदान दिएका अन्य व्यक्तित्वलाई पनि सम्मान गर्ने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रम आयोजना गरी सम्मानित सबैलाई विभुषित गर्ने छिन्।

Gyanendra Malla ODI photos and editorial news pictures from ESPNcricinfo  Images

विभुषित हुने व्यक्तित्व

प्रवल जनसेवा श्री: ज्ञानेन्द्र मल्ल (क्रिकेट), किरण चेम्जोङ (फुटबल)

जनसेवा श्री: चतुरबहादुर चन्द (क्यान), आयशा शाक्य (तेक्वान्दो), वान योङ्ग डान (तेक्वान्दो प्रशिक्षक), हिमाल अर्याल र केशव थापा (अपाङ्ग खेलाडी)

सुकृती पदक: अनु अधिकारी (कराँते), दिपक थापा (ब्याडमिन्टन), नोर्बु लामा (तेकवान्दो प्रशिक्षक), प्रकाश केसी (पावर लिफ्टिङ), उत्तम न्यौपाने (खेल आयोजक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?