च्याम्पियन इन्टरको आधा दर्जन गोल

काठमाडौं। इटालियन सिरी-एअन्तर्गत शनिवार खेलिएको खेलमा साविक विजेता इन्टर मिलानले बोलन्यालाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

इन्टरको घरेलु मैदान सान सिरोमा भएको खेलमा घरेलु टोलीले सुरुवाती छैटौं मिनेटमा नै अग्रता लिएको थियो। इन्टरका स्टार खेलाडी लाउटारो मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

Inter 6-1 Bologna: Nerazzurri run riot to move top of Serie A

पहिलो हाफको ३०औं मिनेटमा इन्टरले रक्षक मिलान स्क्रिनियारको गोलमार्फत अग्रता दोब्बर बनायो। त्यसको चार मिनेट पश्चात् मिडफिल्डर निको बरेलाले इन्टरको अग्रता तेब्बर बनाउन सफल भए।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको इन्टरले दोस्रो हाफमा अर्को तीन गोल थप्यो। इन्टरका लागि मिडफिल्डर माटियास भेसिनोले खेलको ५४औं मिनेटमा गोल गरे।

Inter Milan scoring spree in Serie A rout | 7NEWS

त्यसपछि खेलको ६३औं र ६८औं मिनेटमा इन्टरका नयाँ स्ट्राइकर एडिन जेकोले दुई गोल गर्दा घरेलु टोलीले खेलमा शानदार पकड बनाएको थियो। पाहुना टोली बोलन्याका लागि आर्थुर थियेटले खेलको ८६औं मिनेटमा सान्त्वना गोल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?