बोचुमको पोस्टमा बायर्नले गर्यो गोलको वर्षा

लोकपथ संवाददाता
169
Shares
18.09.2021, Fussball, Saison 2021/2022, 1. Bundesliga, 5. Spieltag, FC Bayern München – VfL Bochum, v. l. Serge Gnabry FC Bayern München, Robert LEWANDOWSKI FC Bayern München, Thomas Müller FC Bayern München Foto: Tim Rehbein/RHR-FOTO München Allianz Arena Bayern Deutschland xRHR-FOTO/TRx *** 18 09 2021, Football, 2021 2022 season, 1 Bundesliga, 5 matchday, FC Bayern Munich VfL Bochum, f l Serge Gnabry FC Bayern Munich , Robert LEWANDOWSKI FC Bayern Munich , Thomas Müller FC Bayern Munich Photo Tim Rehbein RHR FOTO Munich Allianz Arena Bayern Germany xRHR FOTO TRx

काठमाडौं। जर्मन बुन्डेस लिगाअन्तर्गत शनिवार खेलिएको खेलमा साविक विजेता बायर्न म्युनिखले बोचुमलाई ७-० गोलले पराजित गरेको छ।

बायर्नको घरेलु मैदान आलियान्ज एरेनामा भएको खेलमा घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो। बायर्नका लागि पहिलो हाफको १७औं मिनेटमा विंगर लेरोय सानेले पहिलो गोल गरेका थिए।

Bayern Munich 7-0 Bochum: Champions run riot as Lewandowski sets another  Bundesliga record

त्यसपछि खेलको २७औं मिनेटमा मिडफिल्डर जोशुवा किमिचले बायर्नको लागि दोस्रो गोल गर्न सफल भए। त्यसको ५ मिनेट पनि नबित्दै बायर्नका स्टार खेलाडी सर्ज ग्नाब्रीले बायर्नको अग्रता तेब्बर बनाए।

पहिलो हाफको अन्त्य तिर बायर्नले भासिलियोसको आत्मघाती गोलबाट आफ्नो अग्रता बढाउने मौका पायो।

Bayern hammers Bochum 7-0, Lewandowski makes Bundesliga history | Daily  Sabah

पहिलो हाफमा चार गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा अर्को तीन गोल थप्यो। खेलको ६१औं मिनेटमा बायर्नका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गरे।

खेलको ६५औं मिनेटमा बायर्नको लागि कीमिचले व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए। त्यसपछि बायर्न ले खेलको ७९औं मिनेटमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका चुपो मोटिंगको गोलमार्फत शानदार जित प्राप्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?