च्याम्पियन म्यान्चेस्टर सिटी साउथह्याम्पटनसँग घरेलु मैदानमै रोकियो

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार खेलिएको खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको छ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा खेलिएको खेलमा पाहुना टोली साउथह्याम्पटनले च्याम्पियन म्यान्चेस्टर सिटीलाई बराबरीमा रोक्न सफल भएको हो। सिटीले खेलमा ६४ प्रतिशत बल आफ्नो कब्जामा राखेपनि गोल भने गर्न सकेको थिएन।

Manchester City 0-0 Southampton: Goalscoring dries up

यससँगै म्यान्चेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले ५ खेलमा १० अंक बटुल्दै चेल्सी र म्यान्चेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?