तीन अफ्रिकी खेलाडीले गोल गर्दा लिभरपुल शीर्ष स्थानमा

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार खेलिएको खेलमा बलियो टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोलले पराजित गरेको छ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो। लिभरपुलका लागि सेनेगलका स्ट्राइकर साडियो मानेले पहिलो हाफको ४३औं मिनेटमा गोल गर्न सफल भएका थिए।

Liverpool 3-0 Crystal Palace: Mane and Salah help send Reds top

पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा अर्को दुई गोल थप्यो। खेलको ७८औं मिनेटमा लिभरपुल तथा इजिप्टका स्टार खेलाडी मोहम्मद सालाहले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए।

त्यसपछि घरेलु टोलीले खेलको ८९औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो। लिभरपुलका लागि गिनियाका मिडफिल्डर नाबी केटाले तेस्रो गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाउन सफल भए।

Liverpool 3-0 Crystal Palace: Mane sets new PL record as Reds cruise to win  - Liverpool FC - This Is Anfield

यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले ५ खेलमा ४ जितसहित १३ अंक बटुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?