ओमानविरुद्ध नेपाल : कुशल मल्लको स्थानमा शरद ?

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज (आइतबार) आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुने आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। ओमान भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत ३ खेलमा मात्र १ जित निकाल्दा बाँकि २ खेलमा हार भोगेको छ।

Story Image

सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध ५ विकेटले जित प्राप्त गरे पश्चात नेपालले आयोजक राष्ट्र ओमानसँग ५ विकेटले नै पराजय भोगेको थियो। त्यस्तै शुक्रबार खेलिएको पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित हुँदा अन्तराष्ट्रिय एकदिवसीय खेलमा अमेरिकासँग पहिलो हार पनि चाख्यो।

भारतमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट २०२३ को गोल्डेन टिकेट स्वरूप लिग-२ मा सहभागिता जनाएको नेपाललाई आजको खेलमा जित निकै महत्वपूर्ण रहेको छ। लिग-२ को शीर्ष तीन टोलीमा स्थान प्राप्त गर्न सफल राष्ट्रले आगामी २०२३ को जुलाईमा जिम्बावेमा खेलिने विश्वकप छनोटमा स्थान बनाउने छन्।

May be an image of 2 people, people standing and outdoors

त्यसको लागि नेपालले ओमानविरुद्ध जितको नतिजा निकाल्नु पर्ने हुन्छ। ओमानविरुद्ध खेलेको तीन खेलमा नेपालले कुनै पनि नतिजा आफ्नो पक्षमा पर्न सफल भएको छैन।

अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानलाई नेपालले आज पराजित गरेको खण्डमा छैटौं स्थानमा रहेको नेपालको मनोबल निकै बढ्ने छ। त्यसले गर्दा विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिजको लागि पनि नेपालको आत्मविश्वास अवश्य पनि बढ्ने नै छ।

May be an image of one or more people, people playing sport, people standing and text

ओमान बलियो टोली हो, त्यसमाथि आफ्नो घरेलु मैदानमा क्रिकेट खेलिरहेको ओमानविरुद्ध जित आफ्नो पक्षमा पार्न नेपाललाई सजिलो छैन। विशेष गरी प्रतियोगिता भरी नै खराब ब्याटिङ गरिरहेको नेपाललाई मिडल अर्डरमा अनुभवी ब्याट्सम्यानको कमी महसूस भएको देखिन्छ।

यस्तो अवस्थामा नेपालले खराब फर्ममा रहेका कुशल मल्लको स्थानमा भेट्रान ब्याट्सम्यान शरद भेसवाकरलाई स्थान दिनु पर्ने आवश्यकता देखिन्छ। हुन त कुशल र शरद फरक किसिमका खेलाडी हुन्। नेपाली ब्याटिङ अर्डरमा कुशल मल्ल र सुशन भारी मात्र बायाँ हाते ब्याट्सम्यान हुन्।

Kushal Malla drives down the ground for a boundary during his record-breaking half-century, Nepal v Oman, ICC Cricket World Cup League Two tri-series, Kirtipur, February 8, 2020

कुनै पनि टोलीमा दायाँ र बायाँ हाते ब्याट्सम्यानको सन्तुलन आवश्यक पर्दछ। त्यसमाथि कुशल अलराउन्डर हुन्। उनी लेफ्ट आर्म अर्थोडक्स बलर पनि हुन्। तर कुशलले ओमान भ्रमणमा ५ खेल खेल्दा मात्र ७ रन बनाएका छन् जसमा उनले ओमानविरुद्ध बनाएको ४ रन नै उनको सर्वाधिक योगदान रहेको छ।

बलिङमा भने उनले ४ खेलमा ५ विकेट लिन सफल भएका छन्। तर नेपाललाई अहिले राम्रो ब्याटिङको आवश्यकता रहेको छ। मिडल अर्डरमा बीचका ओभर टिकेर खेल्ने प्रकारको अनुभवी ब्याट्सम्यानको आवश्यकता रहेको छ। समग्रमा भन्नु पर्दा नेपाललाई शरदको अनुभवको आवश्यकता रहेको छ।

Sharad Vesawkar sweeps one powerfully, Bangladesh v Nepal, World T20, Group A, Chittagong, March 18, 2014

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?