काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो संस्करणको उपाधि भरत मणि पौडेलले जितेका छन् ।
शनिवार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि बिजेता भएका हुन् ।
बिजेता पौडेलले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । यस्तै फस्ट रनरअप बिक्की अग्रवाल बनेका छन् भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन् ।
‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । च्याम्पियनको फिनालेमा भने नायिका ऋचा शर्मा अनुपस्थित थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया