असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए।

उहाँले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?