पहिलो हाफको अग्रता बावजुद नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं। एएफसी महिला एसिया कप २०२२ को छनोट खेलअन्तर्गत नेपाल फिलिपिन्ससँग २-१ गोलले पराजित भएको छ।

ओमानको राजधानी ताशकेन्तस्थित जेएआर स्टेडियममा भर्खरै सम्पन्न समूह एफको पहिलो खेलमा नेपाल बलियो टोली फिलिपिन्ससँग पराजित भएको हो। नेपालले पहिलो हाफमा लिएको एक गोलको अग्रतालाई जोगाउन नसक्दा खेलमा पराजय भोगेको हो।

May be an image of 5 people, people playing sport and people standing

पहिलो हाफको १०औं मिनेटमा नेपाली चेलीका लागि फरवार्ड बिमला चौधरीले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसपछि पहिलो हाफमा नेपालले शानदार रक्षात्मक खेल प्रस्तुत गर्दा एक गोलको अग्रता लिन सफल भएको थियो।

तर दोस्रो हाफमा बलियो टोली फिलिपिन्सले पुनरागमन जित निकालेको हो। फिफा वरियतामा ६८औं स्थानमा रहेको फिलिपिन्सले दोस्रो हाफमा दुई गोल गर्दा पहिलो खेलमा जित निकाल्न सफल भएको हो।

Philippine women's football team reaches new high in FIFA World Rankings | Philstar.com

नेपालले अब मंगलवार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?