नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढी (विवरणसहित)

लोकपथ
663
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ।

त्यस्तै गत २४ घण्टामा १ हजार २३४ जना संक्रमण मुक्त भएका छन्। यो सँगै देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

त्यसैगरी उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?