‘म प्रधानमन्त्री हुँदा असहयोग गर्न कर्मचारीलाई निर्देशन दिइयो’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा सरकारलाई असहयोग गर्न निर्देशन दिएको प्रति गुनासो गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै उनले गुनासो गरे ।

अध्यक्ष ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गरे ।

उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत दाबी गरे । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?