सत्तारुढ दल जसपाले संविधान दिवसमा भाग नलिने

लोकपथ
65
Shares

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने जनाएको छ ।

जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि भोलि आइतवार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?