ओलीले सत्तारुढ दललाई दिए आइसका डल्लाको संज्ञा

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा दिएका छन् ।

शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराएर जाने टिप्पणी गरे।

‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?