फिलिपिन्सविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, सबिता फरवार्डमा

काठमाडौं। एएफसी महिला एसिया कप २०२२ को छनोट खेलअन्तर्गत फिलिपिन्सविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

उज्बेकिस्तानको राजधानी ताशकेन्तस्थित जेएआर स्टेडियममा खेलिने समूह ‘एफको पहिलो खेलमा नेपालले सबिता रानालाई सुरुवाती ११ मा समावेश गरेको छ।

May be an image of 11 people and text that says "SABIT SABITANM TA RANAMAGAR Starting List PREETIRAI BIMALA CHAUDHARY SARU IMBU MANJALI MANJALIYA YONJAN Football Substitutes Anjana Rana Magar (GK) Usha Nath (GK) Bimala BK rashmi k. Ghishing Anita Basnet Indira Rai Anita Kc Dipa Rai Nisha Thokar Srijana Singh Rajani Thokar RENUKANAGARKOTE Football Nepal PUJA RANA Association GITARANA Nepal AMRIT JAISHI HIRA BHUJEL Head Coach Gary Phillips ANJILA SUBBA"

उनले प्रिती राई र बिमला चौधरीसँगै नेपालको फरवार्ड लाइनको जिम्मेवारी लिने छिन्। त्यस्तै कप्तान रेणुका नगरकोटीसहित सरु लिम्बू र मन्जली योञ्जनले मिडफिल्ड सम्हाल्नेछन् भने गीता राना, हिरा भुजेल, अमृता जैसी र पूजा रानाले डिफेन्सको जिम्मेवारी प्राप्त गरेका छन्।

फिलिपिन्सविरुद्ध नेपालले एन्जिला सुब्बालाई गोलरक्षकको रूपमा मैदानमा उतारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?