९ कार्तिक २०७८, मंगलवार

२१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न

२०७८,आश्विन,२,शनिवार १५:१९

36
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इनाखास्थित मन्दिर २१ औँ गणेश मन्दिरको उद्घाटन गर्दै महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताएका हुन् ।

महानगरले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिरहेको बताउँदै उनले यहाँ रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मेयर शाक्यले काठमाडौँ आउने पर्यटकहरूले काठमाडौँ घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताए ।

मेयर शाक्यले भने, ‘हामीले सांस्कृतिक शहर, काठमाडौँ महानगर भनेर घोषणा गरेका छौँ । त्यहीअनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न दिएका छौँ । अब यसलाई पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो । त्यही अनुसार हामीले काम गर्दै गइरहेका छौँ । यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’

तर, मेयर शाक्यले कतिपय स्थानमा पुरातत्त्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए ।

प्रकाशित मिति: २०७८,आश्विन,२,शनिवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

भनिन्छ नि ‘अ पिक्चर इज वर्थ अ थाउजेन्ड वोड्स’, अर्थात् एउटा तस्बिर हजारौँ शब्दभन्दा भारी हुन्छ । टर्कीका फोटोग्राफर मेहमेत

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदोबालीमा ठूलो क्षति पुर्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी वर्षाले

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७