९ कार्तिक २०७८, मंगलवार

रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो

२०७८,आश्विन,२,शनिवार १५:०४

63
Shares

रुकुमपूर्व । सडक पूर्वाधार विकास कार्यालयले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाइएको छ । विसं २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलाएको हो ।

यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ । चार वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए ।

आर्थिक वर्ष २०७२/७३ मै काम सुरु भए पनि अलपत्र रहेका ८० मिटर पुलको जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको र रुकुमगाड खोलामा २५ मिटर लामो पुलको ५० प्रतिशत काम भएको छ भने सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले जनाएको छ ।

सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेकासहित हालसम्म योजनाका सङ्ख्या ३५ छ । आव २०७६÷७७ र २०७७÷७८ मा गरी ३६ करोड ७५ लाख २७ हजार रुयैयाँ बजेट विनियोजन भएकामा अहिलेसम्म २७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ । यस्तै चालूतर्फ एक करोड २६ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ९८ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२,शनिवार १५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

भनिन्छ नि ‘अ पिक्चर इज वर्थ अ थाउजेन्ड वोड्स’, अर्थात् एउटा तस्बिर हजारौँ शब्दभन्दा भारी हुन्छ । टर्कीका फोटोग्राफर मेहमेत

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदोबालीमा ठूलो क्षति पुर्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी वर्षाले

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७