९ कार्तिक २०७८, मंगलवार

भारतको कोरोना अपडेट : थप ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि

२०७८,आश्विन,२,शनिवार १४:५८

117
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा २१८ जनाको भाइरस सङ्क्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।

एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो ।
त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ ।

गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो ।

प्रकाशित मिति: २०७८,आश्विन,२,शनिवार १४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७