‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी दिन नहुने बताइन् ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भने, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।

झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताएकी हुन् । त्यस्तै उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?