जुवाखालमा प्रहरीको इन्ट्री : जोरपाटीबाट २० जुवाडे पक्राउ

लोकपथ
280
Shares

काठमाडौं । काठमाडौंमा जुवाखालबाट २० जुवाडे पक्राउ पक्राउ परेका छन् । जोरपाटीबाट करिब ५ लाख नगदसहित ती जुवाडेहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।

जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?