काठमाडौं । बलिउडमा फिल्मको सिक्वेल बनाउने सामान्य भैसकेको छ । जब एउटा फिल्म हिट वा सुपरहिट हुन्छ, निर्माताहरु निश्चित रूपमा फिल्मको अर्को भाग बनाउनको लागि तयार रहन्छन् ।
कुनै फिल्मको सिक्वेल भन्नासाथ उक्त फिल्म अगिल्लो फिल्मसँग सम्बन्धित हुन्छन् । सिक्वेलमा प्रायः एउटै कलाकारलाई फिल्मको अर्को भागमा स्थान दिइन्छ। तर, धेरै पटक, सुपरहिट फिल्महरु दिएर पनि, केहि कलाकारहरु यसको सिक्वेलमा स्थान पाएका छैनन् । आज हामी केहि त्यस्ता स्टारहरुको बारेमा चर्चा गर्दैछौ जसले आफ्नै हिट फिल्मको सिक्वेमा स्थान पाएका छैनन् ।
अक्षय कुमार (भुल-भुलैया-२)
बलिउडको सुपर हिट फिल्म मध्ये एक हो भुल-भुलैया । भुल-भुलैयामा अक्षय कुमारको जबरदस्त कमेडीले सबैलाई मनोरञ्जन दिएको थियो । यस फिल्ममा उनको उत्कुष्ट प्रदर्शन पछि पनि अक्षय कुमार यसको सीक्वलबाट हटाइएको छ।
![]()
जसमा पछि अभिनेता कार्तिक आर्यन यस फिल्म को अर्को भागमा देखिनेछन्। निर्देशकले किन उनलाई फिल्मको सीक्वलबाट हटाइए भन्ने आधिकारिक रुपमा केही धारण सार्वजनिक गरेका छैनन् ।
अरशद वारसी (जोली एलएलबी-२)
अरशद वारसीको निकै शुपरहिट फिल्म हो जोली एलएलबी, फिल्म जोली एलएलबीमा अभिनेता अरशद मजाकमा एक गम्भीर मुद्दाबाट हाइलाइट मा आएका थिए । मानिसहरुले यो फिल्म धेरै मन पराएका थिए ।

उनले निभाएको भूमिकाको निकै चर्चा भएको थियो । तर, निर्माताले जोली एलएलबीको सीक्वल जोली एलएलबी २ मा अक्षय कुमारलाई रोल दिएका थिए ।
करीना कपूर खान (गोलमाल-४)

चर्चित बलिउड अभिनेत्री करीना कपूर खानले गोलमाल सिरिजको दोस्रो फिल्ममा अभिनेत्री रिमी सेनको ठाउँ लिएकी थिइन् । पछि उनी पनि यस फिल्मको चौथो सिक्वेल अर्थात गोलमाल ४ मा अभिनेत्री परिणीति चोपडा द्वारा प्रतिस्थापित भएकी थिइन् ।
काजल अग्रवाल (सिंघम रिटर्न्स)

दक्षिण अभिनेत्री काजल अग्रवाल अजय देवगनको ब्लॉकबस्टर फिल्म सिंघमबाट बलिउड डेब्यू गरेकी थिइन् । तर, यस फिल्मको सिक्वेल सिंघम रिटर्न्समा काजललाई करिना कपूर खानले प्रतिस्थापन गरेकी थिइन् ।
इमरान हाशमी (वन्स अपॉन ए टाइम इन मुंबई दोबारा)
फिल्म वन्स अपन अ टाइम इन मुम्बईमा गैंगस्टर शोएब खानको भूमिकामा देखिएका इमरान हाश्मीले यस भूमिकाका लागि धेरै प्रशंसा पाएका थिए ।

पछि अक्षय कुमारले यस फिल्मको अर्को भाग अर्थात वन्स अपन अ टाइम इन मुम्बई दोबारामा आफ्नो स्थान लिएका थिए ।
सैफ अली खान (रेस-३)

बलिउड अभिनेता सैफ अली खान रेस श्रृंखलाको पहिलो र दोस्रो सुपरहिट फिल्महरु गरेका थिए । फिल्मको तेस्रो भागमा, उनको स्थानमा अभिनेता सलमान खान आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया