केपी शर्मा ओलीको नामबाट फोन आयो, डुंगाको कथा सुनाएपछिमात्रै पक्का भए : करिश्मा मानन्धर

लोकपथ
2.1k
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन्। अभिनेत्री मानन्धरलाई ओलीले आफूलाई फोन गरेका आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

करिश्मा मानन्धरले अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छन् । ओलीलेले चलिरहेको कक्षा १२ को परीक्षाको लागि शुभकामना दिन करिश्मा मानन्धरलाई फोन गरेका थिए ।

करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन् “फोन आउदा मेरो मोबाइल स्क्रिन मा Kp Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!

ओली : करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
करिश्मा : हजुर ठिक छ सर !!

करिश्मा : तपाई के पि ओलि ???
ओली : अ हो बिश्वस लागेन !!!

करिश्मा : लागेन सर !!

अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।

आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा

 

ओलीको फोनपछि मानन्धरले लेखेकी छन्, ‘आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल दिनुभएकोमा धन्यवाद केपी बुवा।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?