काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् ।
आज गणेशमान सिहको २५ औं स्मृतिम दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले मन्त्रीपरिषद् विस्तारमा ढिलाई बारे स्पष्ट पारेका हुन् ।
कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताएका छन् ।
साथै नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गढबन्दको निरमाण भयको समेत बताएका छन् ।
त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताए ।
‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ । महाधिवेशन निष्पक्ष तवरमा गर्नुपर्छ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नुपर्छ ।’ उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया