रञ्जनाको मोबाइल लोकबहादुरको भाइसँग भेटिएपछि अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली संखुवासभामा

लोकपथ
4k
Shares

काठमाडौं । संखुवासभा सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा गएको छ ।

हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभाको मादी नगरपालिका १ उम्लिङ पुगेको हो ।

रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि हत्यामा भाइको संलग्नता छ वा छैन भन्ने अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो ।

भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो । सो दिन बिहान ५ः४४ बजे रञ्जनाको ओप्पो कम्पनीको मोबाइलको स्विच अफ भएको थियो । प्रहरीले उक्त मोबाइलको खोजी गर्ने क्रममा लोकबहादुरका भाइ नरेश कार्कीले उक्त मोबाइल चलाएको पाइएपछि नरेशलाई बुधबार नरेशलाई समेत नियन्त्रणमा लिइएको थियो ।

भदौ २१ गते सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको चिर्पट प्रयोग गरी हत्या भएको थियो ।

संखुवासभाको मादीमा हत्याको घटना अपडेट : बल्ल पुग्यो धरानको टोली, चिकित्सक, डग र प्रहरी घटनास्थलमा – SajhaPana

सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

याे पनि : ‘टार्गेट तेजबहादुर मात्रै थिए, तर घटनाबारे थाहा पाएपछि ६ जनालाई पालैपालो चिर्पटले हानेर मारेँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?