सर्वेन्द्र खनाल आइजीपी बनेपछि गुण्डालाई तनाव !

काठमाडौँ, २ वैशाख – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, तस्करी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।महानिरीक्षक खनालले आज उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई सम्बोधन गर्दै अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारी निर्भिक र निडर भई निष्ठाका साथ काम गर्नुपर्ने बताए ।“राष्ट्र र नागरिकको अपेक्षाअनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्छ,”– उनले भने । उनले संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न आग्रह गरे । नयाँ वर्ष नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा निकाल्नुपर्ने उनको भनाइ थियो ।महानिरीक्षक खनालले महिला तथा बालबालिकासम्बन्धी हुने अपराधका विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने बताउँदै भने , “असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्छ, घटनाप्रति मुकदर्शक हुन हुँदैन, र दोषीलाई तत्काल कारबाही गरी कानूनको दायरामा ल्याउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?