बायर्नका फरवार्ड कोमानको गरियो मुटुको शल्यक्रिया

काठमाडौं। फ्रान्स तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड किङ्सले कोमानको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको छ।

बायर्नसँग अभ्यासको क्रममा कोमानले साँस फेर्न गाह्रो भएको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सोही कारण बिहीवार उनको मुटुको शल्यक्रिया भएको बायर्नका मुख्य प्रशिक्षक जुलियन नाइँगल्सम्यानले बताएका छन्।

Bundesliga: Coman's incredible record: League title winner every season |  Marca

२५ वर्षीय कोमानले विभिन्न चोटका कारण यस सिजन ४ खेलमा मात्र ३८ मिनेट फुटबल खेलेका छन्। बिहीवारको शल्यक्रिया पछि उनी अझै केही समय मैदान बाहिर रहने पक्का भएको छ।

कोमान खतरामुक्त भइसकेको र उनलाई मेडीकल टिमले आफ्नो निगरानीमा राखेर उनको स्वास्थ्यअनुसार अभ्यास गराउने जानकारी जुलियनले दिएका छन्। कोमानले सन् २०२० मा बायर्नसँग च्याम्पियन्स लिग उपाधि जितिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?